काठमाडौं । दैलेखमा एक जना १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन्। उक्त वडामा शुक्रबार अधिवेशन भएको थियो। युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए। वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंग महतकी छोरी हुन्।
१९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन्।