राजनीति

काँग्रेस र एमालेको भिडन्तमा स्वतन्त्र उम्मेदवार गिरी को इन्ट्री

पर्वत,कुश्मा। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८ ,चुवा मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले काँग्रेस र एमाले को मत काट्ने आँकलन गरिएको छ।

राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ। गिरीले आफूले चुनाव जिते पक्ष विपक्षको रुपमा नहेरी साझा नेतृत्व लिएर चुवाको आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। यता गिरीको उपस्थितिले कुन दललाई फाइदा र कुन दललाई घाटा होला भन्ने चर्चा पनि सुरु भएको छ।

३० गते हुने मतदानमा गिरीले सामाजिक सञ्जालको मतलाई ‘ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ। तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ‘धारो’ चुनाव चिन्ह पाएका छन्। वडाध्यक्षका लागि गठबन्धनका तर्फबाट नेपाली काग्रेँसका सुरेन्द्र केसी, नेकपा एमालेका तर्फबाट कुल प्रसाद पोख्रेल र स्वतन्त्र रुपमा राजेश गिरी छन।

गिरीको बैचारिक क्षमता, सामाजिक कार्यको जोश र दलहरूका कमजोर प्रतिद्वन्द्वीका कारण उनी जितको नजिक रहेको आँकलन गरिन थालिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>