राजनीति
भ्रष्टाचारीलाई आफै समातेर अख्तियारको जिम्मा लगाउँनेछु : नगरप्रमुख गोपाल हमाल

धनगढीः धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्। आइतवार धन्यवाद यात्रापछि सम्बोधन गर्दै उनले भने, ‘धनगढीमा भ्रष्टाचार भएको सूचना मेरो ह्वाट्स एप नम्बरमा पठाउनु होला। समातेर अख्तियारको जिम्मा लगाउँछु। अब भ्रष्टाचारीलाई मेयरले छोप्छ।’
धनगढी उपमहानगरपालिकाको कार्यालय परिसारबाट सुरु भएको यात्रा ट्राफिक चौराहासम्म गएको थियो। चौराहामा नगरवासीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउने बताएका हुन्। धनगढीको विकासका लागि सबैको साझा नगर प्रमुख भएर काम गर्ने तर्क उनको थियो।




