राजनीतिराष्ट्रिय

नेतृत्वलाई खुइल्याएर कद बढ्दैन : प्रधानमन्त्री केपी ओली

१० असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे । यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै अधयक्ष ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । यसले अनुशासनहीन काम गरेको छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको बचाउ गरे । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरुले भनेका कारण फिर्ता लिएको ओलीले बताए । उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरुलाई आग्रह गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीले अधिकांश समय सरकारको बचाउमा खर्चिएका थिए । आफ्नो नेतृत्वको सरकारले देशलाई समाजवाद उन्मुख बनाएको र कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको उनको दाबी थियो ।

कोरोना कारण २÷३ जनाको मात्र मृत्यु भएको तर अरु बिमारीका कारण मृत्यु भएको भए पनि कोरोना पोजेटिभ देखिएपछि कोरोनाबाटै भएको मृत्युमा गणना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकोेलका कारण मात्र २४ पुगेको उनले बताए । प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा समेत जोड दिए । बैठकलाई सम्वोधन गर्दै ओलीले अहिले देखिएका समस्याको सामना राजनीतिकरुपमै गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>