राजनीतिसमाचार

धादिङको रुबीभ्यालीमा पत्थर उत्खनन र प्रशोधन सुरु गरिने

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै धादिङको रुबीभ्यालीमा पत्थर उत्खनन र प्रशोधन सुरु गरिने बताएका छन्।

धादिङको रुबीभ्याली र रसुवाको आमाछोदिङ्मो सिमानामा पर्ने सरकारी स्वामित्वको नेपाल मेटल कम्पनी १५ वर्ष देखि बन्द अवस्थामा छ। गणेश हिमालको काखमा रहेको यस सरकारी स्वामित्वको जस्ता खानी संचालनको लागि सरकारले पूर्वाधार निमार्णमा मात्र १८ करोड लगानी गरेको तथ्याङमा देखिन्छ। नेपालको लागि ४० वर्षलाई पुग्ने जस्ता र आम्दानीको हिसावमा ७० अर्वको कच्चा सामाग्री रहेको यस खानी संचालनको लागि पूर्वाधारमा १८ करोड लगानी गरेपछि किन बन्द भयो रु धादिङको लागि मात्र हैन नेपालको आर्थिक पाटो सँग जोडिएको यस खानी संचालनको लागि पछिल्लो समय जिल्लाका जनप्रतिनीधिहरु या दलका नेताहरुले बहसको विषय बनाउन सकेका छैनन।

रसुवाको त्रिशूली किनार ग्राङ्ग हुँदै गणेश हिमालबाट बगेको पानी परीक्षण गर्दै वि. सं २०२५ सालतिर मैलुङ्गखोला पसेका भारतीय विरला कम्पनीका चक्रवर्ती थरका इन्जिनियरले यो स्थानमा जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चापदार्थ र सीसा खानी भएको पत्ता लगाएका थिए।DhadingPost

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>