राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेश मन्त्री डोनाल्डलुको भेट

१३ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन्। ट्वीरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन्।

लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>