राजनीति

प्रतिनिधि सभाबाट ‘ईश्वर’को नाममा सपथ लिनुनपर्ने गरी विधेयक पारित

काठमाडौं, २५ साउन। अब सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयता लिंदा ईश्वरको नाममा लिएपनि हुने नलिएपनि हुने गरी व्यवस्था भएको छ।

ईश्वरको नाममा सपथ लिन नचाहनेले देश र जनताको नाममा सपथ लिने विकल्प राखेर विधेयक प्रतिनिधि सभाबाट पातिर भएको हो। बुधबार बसेको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित गरेको हो। यसअघि ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो। कतिपयले ईश्वरको नाममा सपथ लिन नमान्ने गर्दथे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वरको नाममा सपथ लिन नमानेर ‘त्यो पर्दैन’ भनेका थिए।

देशमा धर्मनीरपेक्ष संविधानमै उल्लेख भएपछि ईश्वरको नाम उच्चारण गर्न कतिपय नेताहरुले मानेका छैनन्। विशेषगरी कम्युनिस्ट पार्टीका नेताहरु ईश्वरको नाममा सपथ लिन तयार छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>