राजनीतिसमाचार

शहरी विकासमा अनियमितता गर्नेलाई कारबाही- मन्त्री राई

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहीन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा समिति सदस्यहरुले सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाइएमा सरकारले कडा कारवाही गर्ने बताए। उनले कार्यक्रमको तत्काल अनुगमन गरी दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिए।

उनले भने ‘गुुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको पाइए ठेकेदार र कर्मचारीलाई कारबाही गर्छौँ। एक इन्च पनि गुणस्तरहीन काम शहरी विकास मन्त्रालयले गर्दैन।’ स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइट निर्माणको काम रोकिएको स्पष्ट पारे। अधिकतम सहमति अनुसार नै मन्त्रालयले काम गरिरहेको भन्दै उनले स्थानीय उपलब्ध गराएमा निर्माण कार्य तत्काल अघि बढाइने बताए। समितिले नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसार कार्यप्रगति अपेक्षाकृत हुन नसकिरहेको उनले स्वीकार गरे। समितिले नयाँ शहर व्यवस्थापनमा भएका प्रगति तथा काठमाण्डौ उपत्यकाको फोहर संकलन र व्यवस्थापनका सम्बन्धमा शहरी विकास मन्त्रीको साथै सम्बन्धीत निकायका अधिकारीसंग छलफल गरेको हो।सेताेपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>