राजनीतिशिक्षा

नाष्टले अनुसन्धानमा चासो दिएन : शिक्षमन्त्री पौडेल

२८ भदौ, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेको छन्।

मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भए पनि अनुसन्धानका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए। उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए।

मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए। उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउन सके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ। देशको अवस्था फेर्न नै नसकिने होइन। फर्ने सकिन्छ। फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ। आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ। नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ। दिनहुँ त्यसको छलफल हुने गर्छ। खासै गरी कसैलाई चासो छैन। अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन। विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन। हामी कहाँ चासो कम हुने गर्दछ। हामी कहाँ विश्वविद्यालयहरु पनि छन्। ’

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए। उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताए। उनले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गरे। उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताए। उनले भने, ‘देश निर्माण गर्न धेरै लगानी गर्नु पर्दैन। बाटोघाटो लगभग सबै वडामा पुगे, कालोपत्रे भए पुग्छ। हिजो बनिसकेका विमानस्थललाई कालोपत्रे गरे पुग्छ। हिजो शुरुवात भएका उद्योगलाई पुनः स्थापना गरे पुग्छ।’ मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रै पनि नेपालको विकास हुने बताए।

उनले भने, ‘ मार्केटिङ गर्नसके पर्यटन मात्रैले पनि पुग्छ। हाइड्रोको कुरा आयो, हामीभन्दा सम्पन्न भइसके नकिन्न पनि सक्छन्। किने त राम्रो हो। उनीहरुले किनेनन् भने प्रयोग गर्ने ठाउँ हुँदैन। तर पर्यटन र प्रकृति कसैले पनि किन्न सक्दैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>