
२४ असार २०७९,पाल्पा। रामपुर नगरपालिका – ८ खालिवनका श्री विरेन्द्र प्राथमिक विद्यालयमा आफ्ना आफन्तलाई धमा धम शिक्षक नियुक्ति गरिदै जानकारी आएको छ।
पाल्पाको रामपुर नगरपालिका – ८ खालिवन स्थित श्री विरेन्द्र प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष श्री भिम बहादुर नामजालीको आफ्नै बुहारी तथा उक्त स्कुलका प्रधानाध्यापक श्री लुक बहादुर रामजालीको नातामा फूपू पर्ने श्री छनिता रामजाली र उनका भाई नर बहादुर रामजाली जो विद्यालयको प्रधानाध्यापक लुक बहादुर रामजालीको नातामा बाजे पर्ने लाई करार द्वारा नियुक्ति दिएको खबर छ।
यस स्कुलले करारको लागि विज्ञापन गरेपनी आफ्नो मान्छेलाई नियुक्ति दिनको प्रधानाध्यापक र अध्यक्ष नै लागि परेका थिए। स्कुलको अध्यक्ष र प्रधानाध्यापक काँग्रेसका क्रियाशिल सदस्य हुन् भने नियुक्ति पाउने पनि काँग्रेस समर्थक हुन्। पार्टी र आफन्तको आडमा यसरी शिक्षक नियुक्ति गरिने हो भने यो स्कुलको भबिष्य कतातिर जाला सम्बन्धित र सरोकार वालाको ध्यान जावोस्।

स्मरण रहोस, यस विद्यालयमा जम्मा ३० जना विद्यार्थी छन् भने शिक्षक ६ जना रहेका छन्।




