राजनीतिस्थानीय

थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन अवरोध, प्रतिकार गर्न इँट्टासमेत प्रहार

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ। काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन। डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार भइरहेको छ। अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ।

स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन्। काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, प्रदर्शनकारीहरूले भने विकल्प नभई नदिई आफूहरू सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन्। उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>