राजनीति

कांग्रेसको निर्णयसँगै संसद प्रतिपक्षविहीन

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ।

प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्। एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा प्रतिपक्षीको हैसियत भने पाउने छैनन्। संसदमा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको दश प्रतिशत सांसद हुनु पर्ने व्यवस्था संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय छ। अर्थात् कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन। राजनीतिक र नैतिक रूपमा भने कांग्रेस प्रतिपक्षी दल हुँदैन।प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन नगरेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीले पनि प्रचण्ड सरकारलाई समर्थन गर्ने बताइसकेका छन्। राजनीतिक दलहरू मात्र होइन स्वतन्त्र रूपमा जितेका सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>