राजनीति

आई क्विट, मैले पार्टी छाडेँ : सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन् ।

‘कहिलै गल्ती नस्विकार्ने ! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ,’ उनले भनेकी छन् ।
उनले नेपाली कांग्रेस नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गरेकी छन् । ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस्,’ उनले आग्रह गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>