
काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री कुमार राजेन्द्र राईले प्रदेश नामाकरणको विषयमा बोल्दै आफु बहुपहिचानसहित आउने बताएका छन । काठमाडौंमा शनिबार आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपहिचानबाट किमार्थ पछि नहटने बताएका छन्।
काठमाडौंमा आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरु गरेको छ । उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ । ‘आज ठुलो नेताले भन्दैमा म बहुपहिचानको पक्षमा रहेको छु ।’ उनले भने, ‘चाहे मुख्यमन्त्री पद् जा’ओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छो’ड्न परोस् म बहुपहिचानबाट ह’ट्ने छैन ।’ अझै मुख्यमन्त्री राई थप्नुहुन्छ, ‘बरु माटो र सुन्निमा-पारुहाङको कसम खान्छु, म पहिचानको राजनीतिक मु’द्दाबाटपछि ह’टदिन ।’
आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताबाट भोट पाएर चुनाव जितेको समेत उल्लेख गरे ।




