प्रवास

अस्ट्रेलियाले विद्यार्थी भिसामा गर्‍यो थप कडाइ, परिवार ल्याउन रोक

अस्ट्रेलिया सरकार विद्यार्थी भिसाका नियममा कडाइ गर्दैछ । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ नियम लागू गरेको छ, जसमा उनीहरूले अस्ट्रेलियाभित्रबाट (अनसोर) भिसा आवेदन दिन र भिसा प्रक्रियामा परिवारलाई समावेश गर्ने कुरामा कडाइ गरिएको छ ।
गृहमन्त्री टोनी बर्कले दुई साताअघि नै अस्ट्रेलियाको अध्यागमन नीतिमा उल्लेखनीय परिवर्तनको योजना सार्वजनिक गरेका थिए। यी परिवर्तित नीतिहरू अक्टोबर २ तारिक, लागू भएका छन् ।

नयाँ नियमअनुसार, विद्यार्थीहरूले अध्ययन गरिरहेको कोर्सभन्दा उच्च स्तरको कोर्स अध्ययन गर्न बाहेक अनसोर भिसा आवेदन गर्न सक्दैनन् । उक्त कोर्स र शिक्षण संस्था अनिवार्य रूपमा अहिले अध्ययन गरिरहेको विषयभन्दा उच्च तहको हुनुपर्छ । पहिले उच्च शिक्षाका लागि धेरैको पहिलो रोजाइ रहेको अस्ट्रेलियाले भिसा प्रक्रियामा कडाइ गरेपछि नेपाली विद्यार्थीहरूले यसको प्रत्यक्ष असर महसुस गरेका छन् ।

त्यस्तै गरी, यदि अध्ययन गरिरहेको कोर्स पूरा नभएको र पूरा गर्न १२ महिनाभन्दा बढी समय लाग्ने अवस्था छ भने विद्यार्थीले अनसोर भिसा आवेदन दिन सक्दैनन् । तर यो समय १२ महिनाभन्दा कम भएमा भने उनीहरूले आवेदन दिन पाउनेछन् । नयाँ नियमअनुसार अस्ट्रेलियामै रहेका भए पनि अनुपस्थित विद्यार्थीहरूले अनिवार्य रूपमा अस्ट्रेलिया बाहिरबाटै (अफसोर) भिसा आवेदन दिनुपर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>