राजनीतिसमाचार

नेपाली कांग्रेसमा २० पदाधिकारीका लागि निर्वाचन हुने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनमा विभिन्न समूह र समावेशी आधारमा २० पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको छ । पार्टीले सार्वजनिक गरेको पद, समूह र संख्यासम्बन्धी विवरणअनुसार सभापतिदेखि सहमहामन्त्रीसम्मका पदमा निर्वाचन हुनेछ ।
सभापति १ र वरिष्ठ उपसभापति १ पदका लागि निर्वाचन हुनेछ। त्यस्तै उपसभापतितर्फ महिला १, समावेशी १ र खुला २ गरी ४ पद निर्धारण गरिएको छ ।

महामन्त्रीतर्फ महिला १ र खुला २ गरी ३ पद तथा सहमहामन्त्रीतर्फ विभिन्न समूहका ११ पद रहेका छन् । सहमहामन्त्रीमा महिलाका लागि १ र खुलातर्फ २ पद छुट्याइएको छ । त्यसैगरी आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपांगता समूहका लागि एक–एक पद तोकिएको छ ।

यसअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदाय र समूहका लागि छुट्टाछुट्टै पद निर्धारण गरिएको देखिन्छ ।
निर्वाचन हुने पदहरूको विवरण :
पद समूह संख्या
सभापति — १
वरिष्ठ उपसभापति — १
उपसभापति महिला १
उपसभापति समावेशी १
उपसभापति खुला २
महामन्त्री महिला १
महामन्त्री खुला २
सहमहामन्त्री महिला १
सहमहामन्त्री खुला २
सहमहामन्त्री आदिवासी जनजाति १
सहमहामन्त्री दलित १
सहमहामन्त्री मधेसी १
सहमहामन्त्री खसआर्य १
सहमहामन्त्री थारू १
सहमहामन्त्री मुस्लिम १
सहमहामन्त्री पिछडिएको क्षेत्र १
सहमहामन्त्री अल्पसंख्यक/अपांगता १
कुल : २० पद

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>