खेलकुद

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

कात्तिक २२, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ ।

हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाली यू–१९ महिला क्रिकेट टोलीले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको छ । छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाली यू–१९ महिला क्रिकेट टोलीले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गरेको छ। बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

नेपाली यू–१९ महिला क्रिकेट टोलीले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरूआत गरेको छ । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो । तेस्रो खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको छ । पाँचौं खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको छ । अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको छ ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपाली यू–१९ महिला क्रिकेट टोलीले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन । प्रतियोगितामा नेपाली यू–१९ महिला क्रिकेट टोली, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>