समाचार

१८ वर्ष ५ महिनामा निमारिन्जीले विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण, सबैभन्दा कान्छो कीर्तिमानी

निमारिन्जी शेर्पाले १८ वर्ष ५ महिनाको उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर सबैभन्दा कान्छो उमेरमा यो कीर्तिमान कायम गर्ने आरोही बनेका छन् । उनले ९ अक्टोबर २०२४ मा तिब्बतस्थित ८,०२७ मिटर अग्लो शिशापाङ्मा हिमालको सफल आरोहण गरेसँगै यो ऐतिहासिक उपलब्धि पूरा गरेका हुन् ।

उनको १४ वटा हिमाल आरोहणको यात्रा:

१. मनास्लु (८,१६३ मिटर): ३० सेप्टेम्बर २०२२
२. सगरमाथा (८,८४८.८६ मिटर): २४ मे २०२३
३. ल्होतसे (८,५१६ मिटर): २४ मे २०२३
४. नङ्गा पर्वत (८,१२६ मिटर): २६ जुन २०२३
५. ग्यासरब्रुम–१ (८,०६८ मिटर): १८ जुलाई २०२३
६. ग्यासरब्रुम–२ (८,०३५ मिटर): १९ जुलाई २०२३
७. ब्रोड पिक (८,०४७ मिटर): २३ जुलाई २०२३
८. केटु (८,६११ मिटर): २७ जुलाई २०२३
९. चोयु (८,१८८ मिटर): ६ अक्टोबर २०२३
१०. धौलागिरि (८,१६७ मिटर): २९ सेप्टेम्बर २०२३
११. अन्नपूर्ण–१ (८,०९१ मिटर): १२ अप्रिल २०२४ (अतिरिक्त अक्सिजन प्रयोग नगरी)
१२. मकालु (८,४८५ मिटर): ४ मे २०२४
१३. कञ्चनजङ्घा (८,५८६ मिटर): ८ जुन २०२४
१४. शिशापाङ्मा (८,०२७ मिटर): ९ अक्टोबर २०२४

निमाले यो कीर्तिमानी सफलता शेर्पा समुदायलाई समर्पण गर्दै आगामी पुस्तालाई आफ्नो पहिचान र पर्वतारोहण क्षेत्रमा नेतृत्व लिन प्रेरित गर्ने सन्देश दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>