समाचार

दार्चुलामा ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सम्पन्न

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित अपि हिमालको आधार शिविरमा अपि हिमाल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिनको अपिहिमाल पर्यटन महोत्सव २०८३ सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टद्वारा यस उत्सवको उद्घाटन गरिएको थियो । अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने र चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

महोत्सवमा साहसिक पर्यटन, पदयात्रा, हिमाल आरोहण, धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै खेलकुद र साहित्यिक कार्यक्रमहरू आयोजना गरिएका थिए ।

स्थानीय भाइरल मैदानमा आयोजित क्रिकेट खेल तथा अन्य गतिविधिहरू महोत्सवका आकर्षण बनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>