कर्णाली प्रदेशराजनीति

अर्थमन्त्री शर्माद्वारा रुकुमको ‘मुसिकोट एजि चर्च’ भवनकाे शिलान्यास

रुकुम पश्चिम। जिल्लाको मुसिकोटमा एक चर्च भवनको शिलान्यास भएको छ।

सोमबार अर्थमन्त्री जनार्दन जनार्दन शर्माले मुसिकोट नगरपालिकाको वडा नम्वर १ मुलखोलामा ‘मुसिकोट एजि चर्च’ भवनको शिलान्यास गर्नुभएको हो। नेपाल ख्रिटियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजि चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण सुरु गरिएको बताए। हाललाई प्रदेश सरकारले ३० लाख बजेट उक्त भवन निर्माणका लागि बिनियोजन गरेको शर्माले जानकारी दिए।

निर्माण सुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रहेको छ। बाँकि बजेटको लागि अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिनुभएको शर्माले जानकारी दिए। एजि चर्चका सस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा आफुले पनि अनुरोध गरिरहेको जनाए। मुसिकोट नगरपालिका मार्फत कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा भने उपभोक्ता समितिलाई दिईएको छ।

निर्माण समितिका अध्यक्ष भिमबहादुर बोहराले मंगलबार देखि भवन निर्माणको काम तिब्र पारिएको बताए। यस पटकको बजेटबाट भवनको लागि टाईबिम र पिपरहरु बैशाख मसान्त भित्र निर्माण हुने र थप बजेट व्यवस्थापन भएमा अन्य काम हुने उनले जानकारी दिए। उनका अनुसार तीन तले चर्च भवन निर्माण कार्य थालिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>