राजनीति

पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? : बाबुराम भट्टराई

काठमाडौं, १५ फागुन। जसपाका संघीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले जनताको सर्वाेच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमा याचना गरेका छन्। गत २३ भदौदेखि संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इंगित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमता याचना गरेका हुन्।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए। सत्य बोल्ल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो। मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो। तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ। नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो।’

सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए। एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ। अहिले केही साथीहरूले व्याख्यात्मक घाेषणा गरी एमसीसी अनुमाेदन गर्न सहमत भएकाे सुनेकाे भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे। उनले नेपाल अब सिंगापुरकाे बाटाेमा अघि बढ्ने कि अर्काे बाटाेमा जाने भन्दै एमसीसीले देशकाे विकास मार्गमा लागाैं भनेर सुझाव दिए।

बाबुरामले खाेक्राे राष्ट्रवादकाे नारा जपेर मात्र बस्न नमिल्ने बताए। उनले बिप्पा र बीआरआई सम्झाैताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे। एमसीसी अलिकति अप्रिय भए पनि देशकाे पक्षमा रहेकाे दाबी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>