अन्तराष्ट्रिय

अमेरिकाले चीनको भ्रमणका विदेशीलाई भिषा नदिने, चीनको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोनाभाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गरे । घोषणा अन्तर्गत चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नियम लागु हुनेछ र यो नियम अल्पकालिन समयका लागि मात्र हो । तर अमेरिकी नागरिक तथा तिनको निकटवर्ती विदेशी नातेदारलाई भने यो प्रतिबन्ध लागु हुनेछैन । चीनले अमेरिकाको उक्त कदमप्रति असन्तुष्टि जनाएको छ । कठिनाइबाट गुर्जिरहेको देशप्रति अमेरिकाको कदमले कसैलाई फाइदा नहुने चीनले टिप्पणी गरेको छ ।

विश्व स्वास्थ संगठनले यात्रा प्रतिबन्ध नलगाउन सुझाव दिइरहदाँ पनि अमेरिकाले त्यसको उल्टो मार्ग लिन हतारियो । यो सद्भावपूर्ण कदम होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले भने । अमेरिकी विदेश मन्त्रालयले यस अघि नै विदेश यात्रामा जान चाहने आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सुझाव दिएको थियो । शुक्रबार नै विश्व स्वास्थ संगठनले कोरोनाभाइरस प्रकोपलाई विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो । तथापि विश्व स्वास्थ्य संगठनले विश्वका सम्पूर्ण देशले तिनको देशभित्र प्रकोप फैलिन नदिन काम गर्नुपर्ने बताए पनि यात्रु आवगमन रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएको छ ।

चीनले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि विद्यालय र विश्वविद्यायललाई अर्को हप्तासम्मको लागि विदा दिएको छ ।एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>