अन्तराष्ट्रियराजनीतिसमाचार
प्रधानमन्त्री र चिनियाँ जनकंग्रेस अध्यक्ष ली भेटवार्ता

भदौ २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।
सोमबार नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्।
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए।




