खेलकुद

ए डिभिजन लिग, १२ औं चरणका खेल शनिबारदेखि

सहिद स्मारक ए डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन्। साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीले मेहनत गर्नुपर्नेछ। यस्तै मनाङ मर्स्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ।

शनिबार दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ। दुबै टोलीलाई जित आवश्यक छ। फ्रेन्ड्स रेलिगेशन निश्चित गर्न खराब नतिजाबाट गुज्रिरहेको च्यासल युथ विरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेशन बच्ने गुरुयोजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिनेछ। च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेशन पक्का जस्तै हुने भएकाले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ। रेलिगेशन क्षेत्र भन्दा माथि भए पनि अंक अन्तर छिनो हुँदा फ्रेन्ड्सलाई खतराको घन्टी बराबरी वा पराजयमा हुनेछ। सोही कारण रेलिगेशन संकट टार्न कुनै पनि हालतमा जितको खोजीमा खेल्नले फ्रेन्ड्सका प्रशिक्षक मिग्रिन्द्र मिश्रले बताए।

१२औं चरणको खेल अन्तर्गत शनिबार नै हुने दिनको दोस्रो खेल च्याम्पियन भइसकेको मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ। च्याम्पियन मच्छिन्द्र थ्री स्टारविरुद्धको खेलमा जित निकाल्दै जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। यस्तै सुरुआती खेलमा खराब नतिजा निकालेको थ्री स्टार तालिकामा दोस्रो स्थानमा अटाउने लक्ष्यका साथ तीन अंकको खोजीमा बलियो मच्छिन्द्रविरुद्ध खेल्नेछ। च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिग पूरा गर्ने लक्ष्य सहित थ्री स्टारविरुद्ध सुखद नतिजाका लागि खेल्ने बताए।

१२औं चरणको खेल अन्र्तगत विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछन्। एपिएफले अघिलला खेलमा अपनाएको सुखद रणनीतिको सुत्रलाई निरन्तरता दिन चाहन्छ भने पुलिसले पनि जितको खोजीमा मैदान उत्रिनेछ। सम्मान जनक स्थानकालागि पुलिसका लागि जित निकै महत्वपूर्ण हुनेछ। ११औं चरणको खेल सकिँदा सम्म च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ भने रेलिगेशनमा पर्ने टोलीको निधो हुन बाँकी छ। औसत प्रदर्शन गरेका पुछारका टोलीलो सोही सरहका टोलीसँग हुने प्रतिस्पर्धामा सुखद निकाल्दा समिकरण रोमाञ्चक हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>