खेलकुद

यू–१५ महिला टोलीको गोलकिपर प्रशिक्षक चौधरीलाई नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१५ राष्ट्रिय महिला टोलीको गोलकिपर प्रशिक्षकमा चन्नुराम चौधरीलाई नियुक्त गरेको छ। चौधरीलाई एन्फाका महासचिव किरण राईले आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू–१५ महिला टोलीको छनोट अहिले एन्फा कम्प्लेक्समा भइरहेको छ। एन्फाले यसअघि नै भगवती रानामगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>