अर्थ खबर

लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोलको भाउ

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ। अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>