
जसपा, नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको आयोजनामा “समसामयिक राजनीति तथा जसपा नेपालको अबको रणनीति बिषयमा” भर्चुअल संवाद कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादब ,संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ,केन्द्रिय कार्यकारी सदस्य गंगा नारायण श्रेष्ठ ,दुर्गा सोब , केन्द्रिय सदस्य एवं लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, कमला हेमचुरी,सुनिता मरिक ,सुनिल बिक, लगायतका केन्द्रिय नेताहरू उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त छलफल कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय परिषद अध्यक्ष बाबुराम भट्टराईले शिल्पी/दलित समुदायको समस्या अरु समस्या भन्दा जटिल छ यसका लागि शिल्पी समुदायको नेतृत्वमा आन्दोलन गर्ने र सो आन्दोलनमा अन्य सबैजना सहभागी भएर जातीय विभेद र छुवाछूतका लागि संघर्ष गर्दै शिल्पी/ दलित उत्पीडितका बिरुधीहरुलाइ तत्वलाइ एकल्याउनु पर्ने बताए ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता बिरोधिले वर्तमान परिस्थितिमा देशलाई प्रतिगमनमा लेगेको यिनको परास्त नगरी उत्पीडित जाती समुदाय कोहि कसैको पनि भलो नहुने यसका लागि सबै एक भएर लड्नु पर्ने बताए । पार्टी भित्र बाट वर्तमान परिवेशमा केपि ओलिले चालेको प्रतिगमनकारी कदमलाई पार्टी भित्रका केही प्रतिगामी तत्वले मतियारको रूपमा काम गरेकाले पहिले चरण चार जना नेतालाई कार्वाही गरेका छौ । अरुकेहिलाइ निगरानीमा राखिएको छ उनीहरुलाई सच्चिन भनेका छौ यदि नसच्चिए कार्वाही हुन्छ समाज र राष्ट्रका धोखेबाज कोहि कसैलाई पनि छाडिन्न अध्यक्ष यादवले भने ।
यसै गरेर पार्टी केन्द्रिय सदस्य शिल्पी विशेष प्रदेशका अध्यक्ष सो कार्यक्रमका समेत अध्यक्ष रहेका नेता दलमर्दन कामिले पनि पार्टी भित्र अझै केही ब्याक्तीहरु पनि केपि ओलि प्रतिगमनकारीको मतियारका रूपमा दुत बनेर आइरहेकाछ्न तत्काल उनीहरु पनि नसचिए उनीहरुलाइ पनि कार्वाही हुने छ भन्दै विभिन्न प्रलोभन देखाउदै नेताकार्यकर्ता लाई फकाउदै आएको पाइएको छ त्यस्ता कार्यगरेको भेट्टाए कुनौपनि हालतमा छोडिन्न सबै प्रकारको कार्वाही हुनसक्ने बताए।
जनताको निर्वाचित प्रतिनिधिसभालाई दुई/दुई पटक विघटन गर्ने,अलोकतान्त्रिक, असंवैधानिक, निरंकुश, अधिनायकवादी, प्रतिगमनकारी कदमका विरुद्ध पार्टीले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि अगाडि बढने र प्रतिगामी लाई घुडा टेकाइ छाड्ने र अब हुने चुनावमा जसपालाइ देशकै शक्ति साली पार्टी निर्माण गरेर लैजाने कुरामा पार्टी अगाडि बढेको कामिले बताएका छन् ।
प्रशिक्षण तथा छलफल कार्यक्रम जसपा,नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका सह इन्चार्ज कमला हेमचुरी ,दुर्गा सोब , पार्टी केन्द्रिय सदस्य प्रकाश नेपाली , केन्द्रिय परिषद सदस्य गणेश लोहार समेतले जुममा भएको प्रशिक्षण कार्यक्रम मन्तव्य राकेका थिए भने जसपा नेपाल अन्तरगत शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति सदस्य त्यसैगरी विश्वभरमा रहेका शिल्पी विशेष प्रवास सम्पर्क समितिका नेता कार्यकर्ताहरूको उत्साहजनक सहभागीमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेता दल मर्दन कामीले एम खबरलाई बताउनुभएको छ ।




