खेलकुद

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, आयोजक र धरान भिड्ने

पोखरा, १२ पुस। पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ। सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ।

प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन्।

यो वर्ष पुरस्कार राशीमा समेत बृद्धी भएको छ। यसअघि १० लाख पुरस्कार रहेकोमा अहिले २ लाख थपेर १२ लाख बनाइएको छ। दोश्रो पुरस्कार ६ लाख छ। बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ। उद्घाटन समारोहका बेला ५० लाख नगद सहित उनलाई सम्मान गर्न लागिएको हो। यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट यही पुरस्कारबाट पुरस्कृत भैसकेका छन्। सहारा क्लवले फुटवल टुर्नामेण्टबाटै एकेडेमी समेत सन्चालन गर्दै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम दोबिल्लामा सन्चालित एकेडेमी सन्चालनमा खर्च हुने छ। एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>