अर्थ खबर
आज विदेशी मुद्राको विनिमयदर कति पुग्यो, हेर्नुस्

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।




