भिडियो
सुधिर र जेबिका मसलामा

गायक सुनिल गिरीले दशैंको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् ।
सुनिल र एलिना चौहानको स्वर रहेको यो गीतमा सुनिलकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ, कलाकार वुद्दि तामाङ, कलाकार जेबिका गुरुङ, विशाल रेग्मीलाई फिचरिङ गरिएको छ ।
सुनिल आफैले निर्देशन गरेको यो भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।



