सूचना प्रबिधि

नोभेम्बर १० मा एप्पलको नयाँ म्याकबुक

एप्पलले हालैमात्र सार्वजनिक गरेका आइफोन १२ सिरिज यो वर्ष सन् २०२० का अन्तिम प्रडक्टहरु हुने ठानिएको थियो । तर एप्पलले थप नयाँ प्रडक्ट सार्वजनिक गरेर मात्र सन् २०२० लाई बिट मार्ने भएको छ ।

एप्पलले यहीँ नोभेम्बर १० मा एक विशेष समारोहको घोषणा गरेको छ । पत्रकारहरुलाई प्रेषित गरिएको निमन्त्रणामा उक्त कार्यक्रमको शीर्षक One More Thing अर्थात् थप एक चिज रहेको उल्लेख छ । यसबाट पनि सो दिन एप्पलले आफ्नो एउटा नयाँ प्रयद्यपि एप्पलले प्रेषित गरेको निमन्त्रणमा उसले सार्वजनिक गर्ने नयाँ प्रडक्टका बारेमा कुनैपनि जानकारी दिइएको छैन । तथापि एप्पलले यसअघि नै झलक प्रस्तुत गरेर हालसम्म लञ्च नगरेको एउटा प्रडक्ट नोभेम्बर १० मा सार्वजनिक हुने धेरैको अपेक्षा छ ।

गत जुन महिनामा आयोजित वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा एप्पलले आफ्नै सिलिकन चिप्सको प्रयोग गरी म्याकबुक उत्पादन गरेर बजारमा ल्याउने घोषणा गरेको थियो । अहिलेसम्म एप्पलका म्याकबुकमा इन्टेल कम्पनीका चिप्स प्रयोग हुँदै आएका छन् । गत जुन महिनामै एप्पलले यो वर्षको अन्त्यसम्ममा कम्पनीकै चिपयुक्त म्याकबुक बजारमा उपलब्ध हुने बताएकोले नोभेम्बर १० मा एप्प्लले म्याकबुककै नयाँ संस्करण सार्वजनिक गर्न लागेको अनुमान गरिएको छ । स्मरण रहोस् एप्पलले आफ्नै चिप प्रयोग गरेर केही आइफोन र आइप्याण्डका संस्करण बजारमा ल्याइसकेको छ ।

यो वर्ष एप्पलले आफ्ना आफ्ना प्रयोगकर्ताका लागि प्रसस्तै नयाँ प्रडक्टहरु उपलब्ध गराएको छ । जसमा आइफोन १२ सिरिजका चार मोडेलका आइफोन, सस्तो मूल्यको आइफोन एस इ, एक म्याकबुक, दुई मोडेलका एप्पल वाच र ३ नयाँ मोडेलका आइप्याड रहेका छन् । यी सँगै एप्पलले ठूलो संख्या सफ्टवेयर फिचर समेत थप गरेको छ । एजेन्सीडक्ट सार्वजनिक गर्ने निश्चित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>