अर्थ खबर

अब वालेटबाट भुक्तानीसहित अन्य काम पनि हुने

वालेट भन्नासाथ हामी बिल भुक्तानी गर्ने माध्यमका रुपमा बुझ्छौँ। तर वालेटको उक्त परिभाषा नै परिवर्तन गर्ने योजनासहित माइपे वालेट सार्वजनिक गरिएको छ।

२६ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक हुदाँहुँदै स्मार्ट कार्ड नेपाल प्रालिले नयाँ वालेट सञ्चालनमा ल्याएको हो। वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नयाँ सुविधाहरु यस वालेटबाट पाइनेछ।

अहिले माइपेमा कम्पनीले सामान्य सेवाहरुसहित आफ्नो प्रणालीको स्थायित्व परीक्षण गरिरहेको छ। हाल मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरु रहेका छन्। त्यसबाहेक वालेटबाट टिभीको बिल भुक्तानी गर्न सकिन्छ। माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ। केही विशेषता मात्रै राखेर यो वालेट सार्वजनिक गरिएको हो। थप सुविधा राख्दै जाने कम्पनीको भनाइ छ।

वालेटमा उपलब्ध सेवाहरु पहिलोपटक प्रयोग गर्दा २५ प्रतिशत वा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक अफर ल्याएइको छ। आगामी दिनमा विभिन्न उत्साहजनक अफरहरु ल्याउने माइपेले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>