अर्थ खबर

कुरकुरे-लेज लगायतका १० सामग्रीहरू आयातमा रोक

सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने बताएको हो।

प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन्। यस्तै वैशाख १३ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने यो नियम लागू हुने छैन। देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो। सरकारले मंगलबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन्। मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा आयात गर्न पाइँदैन। त्यस्तै कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।

हेर्नुहोस् सरकारले आयात रोकेका १० सामग्रीको सूचीः-
१. कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. छ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>