राजनीति
तानाशाही समाप्त नभएसम्म आन्दोलन जारी रहन्छः देव गुरुङ (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् । ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ’ उनले भने ।
ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।




