भिडियो

छबि बस्यालको ‘बनै हरियो’ सार्बजनिक

गायक तथा संगीतकार छबि बस्यालको लोक तथा दोहारी गीत बनै हरियो Chhabi Basyaal युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

लगभग १५ बर्षको सांगीतिक यात्रामा ‘जलेको मन फेर्न चाहन्छु’,’लेकाली दाईले डोकै र बुन्यो'(सालै ज्यु), आमाको माया(दशैँ गीत), सारे सर्दो रैछ माया(आधुनिक) जस्ता दर्शक श्रोताले रुचाएको गीत बजारमा ल्याइसकेका सर्जक बस्यालको यो नया गीत सार्बजनिक भएको छ। केहि समयको ग्याप पछि, नया च्यानल मार्फत पुनरागमन हुँदा पनि दर्शक श्रोताहरुको राम्रो प्रतिक्रिया पाएर खुशी र आशावादी भएको बताउनुभएको छ

छबि बस्याल, क्षितिज गुरुङ, राजु क्षेत्रि, पवित्रा घर्ति मगर, ज्ञानु ठाडा मगर , दीपा लामिछाने, डीबी कार्की, दिलु छन्त्याल र भाबना बुढा मगरको आवाजमा रहेको उक्त गीत संगीत संयोजन सागर बिरहीको रहेको छ। अडियो भिडियोको पोस्ट प्रोडक्सन संगम इन्टरटेनमेन्टको रहेको गीतको निर्देशन अमर सुनारको रहेको छ ।

बस्यालका अनुसार नया आधुनिक गीत एलिना चौहानको स्वोरमा चांडै आउने पनि एम बि खबरलाई जानकारी गराउनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>