बागमती प्रदेशसमाचार

केएफटी नेपालद्वारा बाल-बालिकाहरुलाई ज्याकेट वितरण

पौष २६, काठमाडौँ, राजकुमार सुब्बा। बालबालिकाको क्षेत्रमा बिगत केहि बर्ष देखि काम गरिरहेको संस्था केएफटी नेपालले यस बर्षको जाडो याममा ललितपुरका जोखिममा रहेका लगभग ४० बाल-बालिकाहरुलाई ज्याकेट वितरण गरेको छ।

उक्त संस्थाले कोभिड-१९ को पहिलो र दोस्रो लहरको लकडाउनको समयमा पनि दुबै पटक ५० भन्दा बढी विभिन्न बालगृहहरुमा मास्क, सेनिटाईजर र डिसइन्फेक्टेन्ट केमिकल जस्ता स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेको थियो। पुन: उपत्यका र उपत्यका बाहिर बिभिन्न ठाउँमा जोखिममा परेका बाल-बालिकाहरुका लागि तत्कालै केही ज्याकेटहरु पठाउन लागिएको समेत उक्त संस्थाका निर्देशक अधिवक्ता भविन्द्र राईले जानकारी गराउनुभयो।

दुइ छुट्टा छुट्टै स्थानमा ५ वर्षा देखि १२ बर्ष उमेरका बालबालिकाहरुलाई न्यानो ज्याकेट वितरण गरेका हुन। निर्देशक राईका अनुसार यस संस्थाले खास गरि जोखिममा परेका बालबालिकाहरुका लागि यस्तै अन्य प्रभावकारी कार्यक्रमहरु निरन्तर गरिरहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>