सूचना प्रबिधि

टिकटकलाई चुनौती दिँदै ‘युट्युब सर्टस्’

युट्युबले चर्चित एप टिकटकलाई चुनौती दिँदै ‘युट्युब सर्टस्’ फिचर ल्याएको छ।

युट्युब सर्टसमा भिडिओ सामाग्री उत्पादन गर्नेहरू ९कन्टेन्ट क्रिएटर्स०का लागि युट्युब कम्पनीले १०० मिलियन अमेरिकी डलरको कोष छुट्याएको छ। यसमा कन्टेन्ट क्रिएटर्सले छोटो भिडियो हाल्नु पर्ने हुन्छ। इन्गेजमेन्ट र भ्युजको आधारमा कोषबाट मासिक पैसा कमाउन सक्ने युट्युबले जनाएको छ। युट्युबले आफ्नो कन्टेन्ट क्रिएटरलाई हौसला दिन इनाम स्वरूप कोषबाट मासिक तलब दिन लागेको हो। यो लन्च हुनु अघि युट्युब सर्टस् बेटाको परीक्षण भएको थियो। सफल परीक्षण पछि त्यसको अपडेटेड भर्सन आएको हो।
अहिले भारत र अमेरिकामा मात्र प्रयोग गर्न मिल्ने यो फिचर छिट्टै सबै देशमा उपलब्ध हुने बताइएको छ।

छोटो भिडियो बनाएर धेरैको मन जित्न सक्ने कलाकारको लागि यो राम्रो प्लेटफर्म हुनसक्नेमा युट्युब विश्वस्त छ। युट्युब सर्टसमा युट्युब भिडियोको अडियो प्रयोग गरेर रिमिक्स गर्न मिल्ने नयाँ फिचर थपिएको छ। आगामी दिनमा युट्युब सर्टसमा सट्स क्यामेराबाट ६० सेकेन्डको भिडियो खिच्न मिल्ने, मोबाइल ग्यालेरीबाट भिडियो झिक्न मिल्ने र अन्य धेरै नयाँ फिचर थप गरिने युट्युबले जनाएको छ। यो प्रयोग गर्दा कन्टेन्ट क्रिएटरहरूले सामुदायिक निर्देशिकाको पालना गर्नुपर्ने हुन्छ। एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>