
कोभोड १९ ले यतिबेला बिश्वोका अधिकांश देशको जन जीवन अस्तब्यस्त भएका छन् । सम्पुर्ण क्षेत्रहरु आक्रान्त बनिरहेको यो परिस्थितिमा नेपालमा यतिखेर दोस्रो मौसमको लकडाउन चलिरहेको छ । अरु क्षेत्र जस्तै नेपालको शैक्षिक अबस्था पनि हताहत को अबस्था भैरहंदा कोभिड लकडाउनलाई सकारात्मक पाटोबाट पनी विश्लेषण गर्दै एक जना शिक्षा सेवि आज हामी समक्ष छोटो मीठो कुराकानि मा संलग्न हुनुहुन्छ । काठमाडौ चाबहिल ७ गौरिनगरको ज्ञानदिप शिक्षा सदनकी प्राचार्य, प्रीन्सिपल सीता भट्टराई । प्रस्तुत छ, उहाँ सङ गरियको कुराकानि को अंश ..
१) कोभिड १९ को पहिलो र दोश्रो चरणको लकडाउनले शैक्षिक क्षेत्रमा पारेको प्रभाव लाई कसरी लिनुहुन्छ?
कोभिड १९को पहिलो र दोस्रो चरणको लकडाउनले शैक्षिक क्षेत्रमा सकारात्मक र नकारात्मक दुई किसिमका प्रभाव परेको पाइन्छ । जसलाई तलका बुँदाले अझ स्पष्ट पार्दछ ।
सकारात्क प्रभाव
१ प्रविधिको प्रयोग गर्न सिकाउनु
२ अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक स्तर बढाउने क्रममा दायित्त्न बढ्नु
३ शिक्षाको वैकल्पिक माध्यमको जानकारी प्राप्त हुनु
४ यातायात र यात्रालाई कम गरि समय वचत गराउनु
५ भौतिक पूर्वाधारमा हुने थप लगानी र स्रोतको वैकल्पिक
मार्ग देखाउनु ।
नकारात्मक प्रभाव
१ विषम परिस्थितिको सिर्जना गर्नु
२ सर्वसाधरणलाई प्राविधिक साधन( मोबाइल, ल्याप्टप, इन्टरनेट) जुटाई आफ्ना नानीबाबूहरूलाई अध्ययन अध्यापनमा समावेश गर्न कठिन परिस्थिति सिर्जना हुनु
३ हुनेखाने र हुँदा खानेको शैक्षिक गुणस्तरमा असमानता ल्याउनु
४ विद्यार्थीले प्रविधिको दुरुपयोग गर्नु
५ निजी क्षेत्रका शिक्षक तथा कर्मचारीको जागिर जोखिममा पर्नु
६ विद्यालयलाई आर्थिक कठिनाई पर्नु
२) यो विषम परिस्थितिमा आम बिध्यार्थी एबम अभिभावक लाई यहाँको सुझाव ?
यो विषम परिस्थितिमा आम विद्यार्थी तथा अभिभावकले अफ्फ्नो पौँचले भ्याएसम्म अध्ययन अध्यापनमा जोड दिँदै परिस्थितिसँग भागेर हैन आफ्नो क्षमता , साहस ,धैर्यताका साथ स्वअध्यनमाजोड दिनु वा दिन लगाउनुपर्छ । प्रविधिको सदुपयोग गरि अध्ययन कार्यलाई निरन्तरता दिने गर्नुपर्छ । आफ्ना बालबालिकालाई ब्यवहारिक शिक्षामा जोड दिन लगाउनुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।
३) यो परिश्थितिमा शिक्षा क्षेत्रप्रती राज्यको चासो के कस्तो पाउनुभयो ? राज्य सम्यन्त्र लाई यहाको शुझाब ?
यो परिस्थितिमा शिक्षा क्षेत्रप्रति राज्यको चासो दायित्व कम रहेको देखिएको छ । देशमा गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षाको आर्थिक पक्षलाई विदेश जान कम गर्ने निजी क्षेत्रका विद्यालयहरू, आर्थिक रूपमा धरासयी बन्न पुगेका छन् । यस क्षेत्रप्रति राज्यको चासो कम देखिएको छ । राज्यले निजी तथा सरकारी दुवै पक्षका शैक्षिक संस्थाहरूलाई स्तर, गुणस्तर, हेरेर सहयोग गर्न सक्नु पर्दछ । देशका पूर्ण जनशक्ति प्रति राज्यको दायित्व भएकाले कठिन परिस्थितिमा शिक्षा क्षेत्रमा योगदान दिने सबै निकाय,संस्था,व्यक्तिलाई आर्थिक, सामजिक र व्यवहारिक रूपमा सहयोग, उर्जा, सल्लाह, दिन सक्नुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।
४) कोभिड महामारी पश्चात् अवस्था सामान्यतिर जादैगर्दाको बखतमा शैक्षिक सुधार मा सम्बन्धित निकाय र सरोकार वालाहरुले के कस्तो भुमिका अबलम्बन गर्नुपर्ला ?
कोभिड महामारी पश्चातको अवस्थामा सम्बन्धित निकायले भौतिक दूरी कायम राखीअध्ययन अध्यापनलाई सुचारु रूपमा अगाडि बढाउनुपर्ला । आ आफ्ना क्षेत्रमा सरोकारवालाहरूले विशेष जाँचबुझ गरि शैक्षिक उन्नति र प्रगतिकालागि विशेष टेवा पुग्ने कार्य गर्नु पर्ला । (लेखक शिक्षासेवि एबम साहित्यकार हुनुहुन्छ । )




