कृषि

एग्राे संचालक संग नगर प्रमुख सहितकाे मिलेमताेमा १ कराेड च्वाट

मोरङ सम्बाददाता, बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अष्ट्रेलियाबाट ल्याएको फुल ब्लड अष्ट्रेलियन बोयर भन्दै नगरपालिकाले किसानलाई बोकापाठी वितरण गर्दा घोटाला भएको दावी सहित बेलबारीका ६ जना युवाहरुले आइतबार अख्तियारको इटहरी कार्यालयमा उजुरी दिएका छन् ।

उनीहरुले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह,बेलबारी १ का उत्तम गिरी,ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदिप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानविन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बावुराम खतिवडाले पनि बेलबारी बोयर काण्डका विषयमा उजुरी आएको जानकारी दिनुभएको छ । अब यसबारे अख्तियारले आवश्यक प्रकृयाहरु अघि बढाउने खतिवडाले जानकारी दिए । अष्ट्रेलियाबाट ल्याइएको भन्दै नवलपरासीको केशर एग्रो फर्मबाट २३ लाख रुपैयाँमा गुणस्तरहित बोकापाठी ल्याइ वितरण गरेर १ करोड २४ लाखको बोकापाठी ल्याएको दावी गरेर १ करोड १ लाख रुपैयाँ घोटाला गरिएको उजुरीमा उल्लेख छ ।

बेलबारी नगरपालिका अन्तर्गतका फोहोरमैला,सौर्य उर्जा,लोहन्द्रा खोलाको गिटीबालुवा,ढुंगा निकासी,कोभिड राहत कोश समेतका योजना तथा कार्यक्रमहरुमा पनि बोयर बोकापाठी खरिद घोटलामा जोडिएका व्यक्तिहरुकै संलग्नतामा रहेको उजुरीपत्रमा उल्लेख छ ।बेलबारीका युवाहरु सुजित बस्नेत,विपिन आचार्य,खेमप्रसाद गौतम,कमल सुब्बा,रिक्त बहादुर गुरुङ,विशाल थापाले अख्तियारमा उजुरी दिएका हुन् । उल्लेखित सबै विषयमा छानविन गरी अनियमितताबारे सत्यतथ्य पत्ता लगाई कसुरदार उपर कानुनी कारवाही गर्न उजुरीमा माग गरिएको छ । करोडौँको रकम अनियमितता हुनेगरीका घोटाला काण्डहरु हुँदा पनि बेलबारीका राजनितिक दल र सरोकारवालाहरुले यसबारे चासो नदिँदा भष्टाचार छोपिएर जाने हुनाले आफुहरुले उजुरी दिएको उजुरीकर्ता मध्येका सुजित बस्नेतले बताए । भष्टाचारजन्य घटनाहरुका विषयमा आफुहरु चुपलागेर नबस्ने र यस्ता काण्डहरुको भण्डाफोर गर्न कानुनी बाटो तथा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु पनि अघि सारिने बस्नेतले बताए ।

याे बिषयमा हामी सँगकाे फाेन सम्बादमा , खरिद प्रकृया अनुसारनै गरिएकाे हाे तर एग्राे संबद्दले हामिलाई स्याम्पल न देखाई एकैचाेटि साे बाख्राहरु ल्याइइदिएकाे र वडाकाे प्रतिनिधिहरुको राेहवरमा हस्तान्तरण गरियकाे हाे।तर केही समयपछि मात्र ब्यबसायिहरुबाट भयकाे जानकारिअनुसार साे बाख्रिहरु हामिले मगायअनुरुपकाे न भयकाे कारण निज सप्लायर्स काे रकम राेक्का समेत गरेका छाैँ। र जुन रकमकाे बिषयमा हामिले १ रुपैयाँ पनि निकासा गरेका छैनाैँ , हामिले उसकाे एग्राे समेत सिलगरि बन्द गरेका छाैँ , छानबिन समिति गठन गरेका छाैँ यस समितिले सत्य तथ्य प्रमाणित गर्नेछ,, नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also
Close
Back to top button
भाषा >>