अर्थ खबर

अनलाइनमार्फत सवारी कर भुक्तानी

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।

आजदेखि ब्लुबुक नवीकरण, जरिवाना लगायत सवारी सम्बन्धि भुक्तानीहरु अनलाइनबाट गर्न सकिने भएको हो। शुक्रबार प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले सो प्रणालीको उद्धघाटन गरेका हुन्। अब सो सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।

सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना तथा राजस्व, बक्यौता, बीमा लगायत विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ। उद्धघाटन कार्याक्रममा मुख्य मन्त्री पौडेलले नयाँ प्रविधिमा जाँदा सुरुवाती चरणमा केही चुनौती आए पनि भविष्यमा निकै सहज हुने विश्वास व्यक्त गरे।

‘हाम्रो सरकार पारदर्शी छ सुसाशनमा जोड दिइरहेको छ। छिटो, छरितो र पारदर्शी सेवाका लागि यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>