अन्तरर्वार्ता

‘कांग्रेसले सही मान्छे लैजान्छ भन्थे हो रहेछ’ : दीपकराज गिरी

हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक संजालमा देशमा हुने गरेका विभिन्न घटनाक्रमका बिषयमा ब्यङ्ग्य गर्न माहिर छन् ।

दीपकका स्टाटसले कहिले प्रशंसा पाउँछन् त कहिले आलोचना । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य कसेका छन् । उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् । साथै, उनले उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्तीको बिषयमा पनि लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेसँगै सामाजिक संजालमा विभिन्न टिप्पणी भैरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>