समाचार

बार एशोसिएसनमा वकिलबीच कुटाकुट

१२ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>