राजनीति

देउवा-प्रचण्डले खुलेर एक-अर्काको प्रशंशा गरे

काठमाडौं, ११ पौष। नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा रोचक दृश्यहरु देखिए। हाँसो र व्यङ्ग्यहरु सुनिए। सबैभन्दा रोचक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काको खुलेर प्रशंशा गरे।

सुरुमा बोलेका देउवाले प्रचण्डकै कारण संविधानसभा चुनाव भएको बताए। प्रचण्डको अगुवाईमा संविधानसभा भएको बताए। उनले अहिलेको देशमा भएको उपलब्धिमा प्रचण्डलाई नायक जसरी प्रस्तुत गरे। देउाले भने,‘संविधान बनाउने काममा प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान छ।’ काँग्रेसले २००७ सालमा उठाएको संविधानसभा प्रचण्डको अगुवाईमा पूरा भएको बताए।

देउवाले आफ्नो खुलेर प्रशंशा गरेपछि प्रचण्डले पनि देउवाको प्रशंशा गरे। देउवालाई निर्दोष जस्तो लाग्ने र ठूलो स्टेटमेन्ट दिने नेता भने। उनले भने,‘बढो निर्दोष लाग्ने देउवाजीले सबै प्रचण्डले गर्दा भयो भन्दिनुभयो। ठूलो स्टेटमेन्ट दिनुभयो।’ देउवा इतिहासको खास खास मोडमा ठूलो स्टेटमेन्ट दिने र त्यसले देशको राजनीतिमा दूरगामी असर पर्ने गरेको सुनाए। उनले भने,‘जतिबेला म विद्रोहीको नेता थिएँ उहाँले प्रचण्ड बहादुर नेता हो भन्दिनुभयो।’

प्रचण्डले देउवासँग राजनीतिक इमान्दारिता समेत भएको टिप्पणी गरे। बोलेको पूरा गर्ने नेताका रुपमा विश्लेषण गरे । आफूलाई विगतमा देउवाले राजनेता सम्म भनेको बताए। काँग्रेसभित्र देउवाको आलोचना हुनसक्ने तर छाला धेरै दह्रो भइसकेको टिप्पणी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>