अन्तराष्ट्रिय

अफगानिस्तानको जिम्मेवार अफगानी सरकार र सुरक्षा संयन्त्र : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको पछिल्लो अवस्थाको जिम्मेवार अफगानी सरकार र त्यहाँको सुरक्षा संयन्त्र भएको दाबी गरेका छन् ।

राष्ट्रपति बाइडेनले आफ्ना पछिल्ला निर्णयहरूको बचाउ गर्दै अफगानिस्तानको राजनीतिक संकटको पछाडि त्यहाँको सरकार र सुरक्षा संयन्त्र भएको बताएका हुन् । बुधबार एबीसी न्यूजलाई दिएको अन्तरवार्तामा राष्ट्रपति बाइडेनले तालिबानले यति छिट्टै सत्ता कब्जा गर्नु अपेक्षा विपरित भएको बताए । उनले भने,‘अफगानिस्तानमा तालिबानको सरकार बन्न सक्ने आशंका गरिएको थियो तर यसको लागि अझै समय लाग्ने विश्वास गरिएको थियो ।’

उनले गोप्य सूत्रलाई उद्धृत गर्दै वर्षको अन्यतिर तालिबान सत्ता आउने सम्भावना थियो । उनले गत जुलाईमा अफगानिस्तानमा तालिबान सत्तामा आउने सम्भावना लगभग असम्भव भएको बताएका थिए । अफगानिस्तानको पछिल्लो अवस्थाबारे बाइडेनले भने,‘जसरी स्थितीलाई नियन्त्रणमा लिइयो । मलाई लाग्दैन कि योभन्दा उत्तम उपाय थियो । यदि पछाडि फर्केर हेर्ने हो भने यो स्थिती आउने कुनै पनि सम्भावना देखिएको थिएन । तर कसरी यो सम्भव भयो र यो स्थिती आउने अर्को तरिका के थियो मलाई थाहा छैन ।’

बाइडेनले यो फैसलाको कुनै न कुनै मूल्य चुकाउनुपर्ने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>