मनाेरञ्जन

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

काठमाडौं । आजदेखि हास्यकलाकार जीतु नेपालद्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ ।

कार्यक्रम सञ्चालक जितु नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै आजदेखि शो बन्द भएको घोषणा गरेका हुन् । प्रत्येक साँझ सोमबार ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोको अन्तिम भाग भने आज प्रसारण हुने जितु नेपालले भनेका छन्। उनका अनुसार निर्माण एजेन्सीले आफूसँग सल्लाह नै नगरी कलाकारहरुलाई अन्य कार्यक्रममा लिएर गएपछि कार्यक्रम बन्द गर्नुपरेको हो । साथै, कार्यक्रम चलाउँदाको दुःख देखेर यसअघि नै कार्यक्रम बन्द गर्न आफूले चाहेको पनि उनले बताए ।

नेपालले करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको पीडा पनि सुनाएका छन् । उनले सञ्चारकर्मीसँग भने, ‘दुःख धेरै थियो । म बन्द गर्न चाहन्थे, टिम वर्कमा पनि गडबडी भयो । बन्द गर्ने बहाना पनि मिल्यो । उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो । मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजनमा कार्यक्रम बनायो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>