मनाेरञ्जन

बिजय शाहीको रहस्यमय खुलासा

संगीत तामांग, काठमाडौँ । पछिल्लो समय मेमोरि किङ भनेर नेपाली सोसल मिडियामा बिजय शाहीलाई चिनिएको थियो। शाही कुनै समय आफू अमेरिक NASA मा गएको र त्यहाका बैज्ञानिकहरु द्वारा उसको औपचारिक मुल्यांकन भएको पनि उनले मिडियामा बताएका थिए।

तर पछिल्लो समय बिजय शाहीको कर्तुत एकाएक अन्तर्राष्ट्रिय मेमोरि किङ नेल्सन डेलिसले पर्दाफस गरेको थिए। त्यसपछि शाही विलीन भएको थियो। उनि कहिले मृत्यु भएको नाटक कहिले के भन्दै फ़ेरि पछिल्लो समय मिडियामा आईरहेका छ। के बिजय शाही साच्चै नै समझसक्ती भएको ब्याक्तित्व मेमोरी किङ्ग हो त ?

शाहीले भर्खरै फेसबुक स्टाटस मार्फत यस्तो टिप्पणी लेखेका छन “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मेरो क्षमतालाई गलत साबित गर्न अनेकौ प्रयासहरु भएका छन र समग्रमा मेरो वास्तविक पहिचान नभइ गलत पृष्ठपोषणले गर्दा मेरो क्षमताको सत्यता सम्पुर्णमा सार्वजनिक गर्न अनेकौं चुनौतीहरुको सामना गर्दै आइरहेको छु।”

मेरो पुर्ब प्रतिबद्धतालाई पुर्णता दिने क्रममा १६ जनालाई सिकाइ सकेको छु,यसैगरी मङ्सिर १८,२८ र पौष १० गते चरणबद्द रुपमा विभिन्न समूहहरुलाइ सिकाउछु। जसले समग्र राष्ट्रको शैक्षिक क्षेत्रको बिकासमा अहम भूमिका त खेल्नेनैछ र मलाई गलत हो भन्नेहरुलाइ प्रमाणित गर्नेछु कि म सत्य हो भनेर। धन्यवाद ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>