खेलकुद
रियल मड्रिड उपाधि होडमा

३१ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले ग्रानडालाई ४-१ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ ।
यस जितपछि रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ । ला लिगामा अब दुई चरणको खेल बाँकी छ । बिहीबार राति भएको खेलमा ग्रानडाको मैदानमा रियललाई जिताउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जामाले गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए । जितपछि ३६ खेलबाट ७८ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट एट्लेटिकोको ८० अंक छ । ७६ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । ग्रानडा ४५ अंकसहित दशौँ स्थानमा छ ।




