खेलकुद
बंगलादेशमाथि वेष्ट इण्डिजको रोमाञ्चक जित

कार्तिक १३, बसन्त बोगटी, धनगढी। यूएईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध वेष्ट इण्डिज ३ रनले विजयी भएको छ ।
लगातार दुई खेलमा हारको सामना गरेको वेष्ट इण्डिजको यो पहिलो जित हो भने बंगलादेशको लगातार तेस्रो हार हो । आज वेष्ट इण्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३९ रन बनाउन सक्यो ।
उसका लागि लिटन दासले सर्वाधिक ४४ रन बनाए । बलिङमा आन्द्रे रसेलसहित ५ बलरले एकएक विकेट लिए । त्यस्तै,रोस्टन चेसले ३९,जेशन होल्डर १५ र किरोन पोलार्डले १४ र बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा मेहेदी हसन, मुस्तफिजुर रहमान र सोरिफुल इस्लामले २/२ विकेट लिए
वेष्ट इण्डिज समूह ‘१’ को पाँचौ स्थानमा उक्लिएको छ भने सोही समूहको शीर्षमा इंग्ल्याण्ड रहेको छ।




