सूचना प्रबिधि

गुगललाई झण्डै दश करोड जरिबाना

काठमाण्डौ। रुसको मस्कोमा रहेको एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ।

रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हो। अदालतले हिजो गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो।

अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा उल्लेख छ । केही युरोपेली देशले जस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ। इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो ।

इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनजन्य कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>