राष्ट्रियसमाचार

संसद भवनभित्र ३२ जना मृत फेला परेको सूचना भ्रामक: नेपाल प्रहरी

नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत फेला परेको सूचना भ्रामक रहेको बताएको छ ।

बुधबार बिहान एक सूचना सार्वजनिक गर्दै ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने सूचनालाई भ्रामक बताएको छ । यस परिस्थितिमा जनमानसमा डर त्रास फैलाउने किसिमका नकारात्मक समाचार सिर्जना नगर्न प्रहरीले अनुरोध गरेको छ । नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ ।

बुधबार बिहान जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको जानकारी दिएको हो । यस्तै त्यसपछि बिहीबार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने पनि सेनाले जनाएको छ । निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य नचलाउन पनि सेनाले अनुरोध गरेको छ ।

एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरूमात्रै सञ्चालन हुनसक्नेछन् । त्यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>